मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
खेल

एभरेष्ट महिला भलिबल लिग : कर्णाली यश्विजको लगातार दोस्रो जित, गण्डकी थन्डर्सलाई हरायो

मङ्गलबार, १५ असोज २०८१, १८ : ३०
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ को दोस्रो दिन मंगलबार खेलिएको पहिलो रोमाञ्चक खेलमा कर्णाली यश्विजले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलिएको खेलम कर्णाली यश्विजले गण्डकी थन्डर्सलाई ३–२ सेटले हराएको हो ।

खेलमा कर्णाली यश्विजले उत्कृष्ट पुनरागमन गरेको थियो । कर्णाली यश्विज पहिलो सेटको खेलमै पछि पारेको थियो । पहिलो सेटमा गण्डकी थन्डर्सले कर्णाली यश्विजलाई २५–१५ अंकले पछि पारेको थियो । त्यसपछि कर्णाली यश्विज लयमा फर्किएको थियो ।

कर्णाली यश्विजले दोस्रो सेटको नतिजालाई २५–२२ अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि कर्णाली यश्विज २५–१७ अंकले अगाडि रह्यो । चौथो सेटको नतिजालाई गण्डकी थन्डर्सले २५–१९ अंकले आफ्नो पक्षमा पा¥यो । पाँचौँ तथा अन्तिम सेटमा कर्णाली यश्विज १५–११ अंकले विजयी भयो ।

जारी प्रतियोगितामा कर्णाली यश्विजको यो लगातार दोस्रो जित हो । प्रतियोगिताको पहिलो दिन सोमबार खेलिएको आफ्नो पहिलो खेलमा कर्णाली यश्विजले मधेस युनाइटेडलाई ३–१ सेटले हराएको थियो । उक्त खेलमा कर्णाली यश्विज २५–१५, २५–२०, २६–२८, २५–११ अंकले विजयी भएको थियो ।

प्रतियोगितामा गण्डकी थन्डर्सको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो दिन खेलिएको खेलमा गण्डकी थन्डर्सलाई चितवन शक्तिले हराएको थियो । उक्त खेलमा चितवन शक्ति २५–२२, १९–२५, २५–२३, २५–१८ अंकले विजयी भएको थियो ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार थप दुई खेल हुनेछन् । दोस्रो खेल काठमाडौँ स्पाइकर्स र चितवन शक्तिबिच खेलिने छ । उक्त खेल साँझ १७ः४५ बजे सुरु हुनेछ । यी दुबै टोलीले जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा काठमाडौँ स्पाइकर्स पराजित भएको थियो भने चितवन शक्ति विजयी ।

सोमबार सम्पन्न उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटमा हराएको थियो । उक्त खेलमा ललितपुर क्विन्स २५–२०,  २१–२५, २५–२१, २५–१९ अंकले विजयी भएको थियो । चितवन शक्तिले भने आफ्नो पहिलो खेलमा गण्डकी थन्डर्सलाई २५–२२, १९–२५, २५–२३, २५–१८ अंकले हराएको थियो ।

यसैगरी, मंगलबारको तेस्रो खेल ललितपुर क्विन्स र मधेस युनाइटेडबिच खेलिने छ । उक्त खेल राति १९ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा ललितपुर क्विन्स विजयी भएको थियो भने मधेस युनाइटेड पराजित ।

ललितपुर क्विन्सले प्रतियोगिताको उद्घाटन खेलमा छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाकइर्सलाई २५–२०,  २१–२५, २५–२१, २५–१९ अंकले हराएको थियो । मधेस युनाइटेड भने आफ्नो पहिलो खेलमा कर्णाली यश्विजसँग पराजित भएको थियो । उक्त खेलमा कर्णाली यश्विज २५–१५, २५–२०, २६–२८, २५–११ अंकले विजयी भएको थियो ।

महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेस युनाइटेड रहेका छन् ।

प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने प्रावधान छ ।

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप