मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नुपर्छ : सभापति लामिछाने

मङ्गलबार, १५ असोज २०८१, १७ : ५९
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले वर्तमान दुई तिहाइ (कांग्रेस–एमाले)को सरकार घातक भएको बताएका हुन् । 

सभापति लामिछानेले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरूले विरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस–एमालेका सांसदहरूप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरूको अहिले भने स्वर सुकेको बताए । 

सभापति लामिछानेले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए । उनले दुई ठुला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताए । 

सभापति लामिछानेले सरकारले रात्रिकालीन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताए । उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरूको बिल्लिबाठ भएको बताए । 

उनले भने, ‘दुई तिहाइको सरकार घातक छ । एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नुपर्छ । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ । मैले त्यतिखेर (गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ती कुनै चिजको कार्यान्वयन भएनन् ।’ 

सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठुलो क्षति नहुने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप