मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

दुबईमा 'एनएल इन्टरनेशनल अवार्ड' सम्पन्न

मङ्गलबार, १५ असोज २०८१, १७ : ५३
मङ्गलबार, १५ असोज २०८१

दुबई । विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएकाहरूलाई सम्मान गर्दै यूएईको दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न भएको छ। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खाना लगायत  नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरूलाई एनएल इन्टरनेशनल अवार्ड २०२४ बाट सम्मान गरिएको थियो । सम्मान समर्पण गर्ने क्रममा दीर्घकालीन सेवा र समर्पण झल्काउने विधामा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

जसमा लक्ष्मीनारायण सिंह सुवाल एन एल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ र प्रकाश कुमार कुइँकेल एन एल इन्टरनेशनल लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित भए। त्यसैगरि लिटिरेचर एक्सिलेन्स इन्टरनेशनल अवार्डबाट विक्रम भक्त जोशी, ईन्टर कम्युनिकेशन अवार्डबाट सामाजिक बौद्ध कार्यकर्ता र सामाजिक र व्यवहार परिवर्तन कम्युनिकेटर  धर्मराज बज्राचार्य, बेस्ट बिल्डर्स अवार्डबाट न्यु डाइगन निर्माण सेवा प्रालिका म्यानेजिङ डाईरेक्टर अर्जुन कुमार चौलागाई, आउटस्टाण्डिङ्ग ईन्टरप्रेनर अवार्डबाट बिजी कन्स्ट्रक्सनका म्यानेजिङ डायरेक्टर विनोद गौतम, बेष्ट सेफ बेकर अफ मिडल ईष्टअवार्डबाट एक्जुकेटिभ पेस्ट्री तथा बेकरी सेफ हुमन लिम्बु, ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट पार्क रेजिस क्रिस किन होटल दुबईमा कार्यरत एक्जुकेटिभ सेफ गोविन्द राई, ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सेन्टरा मिरेज विच रिसोर्ट दुबईमा कार्यरत रेष्टुरेन्ट तथा बार मेनेजर सुदर्शन पराजुली, बेष्ट एग्रो ईन्टरप्रेनियर अवार्डबाट नमुन्चेत कृषि फार्म (ककनी स्ट्रबेरी) का अध्यक्ष अष्ट लाल तामाङ (छेसाङ), ईन्टरनेशनल सोसियल अवार्डबाट मल्टिपल इन्स्टीच्यूटका निर्देशक आङछिरिंग शेर्पा,  पावर अफ ऐजुकेशन अवार्डबाट निर्मल बज्राचार्य,जर्नालिजम अवार्डबाट पत्रकार श्याम श्रेष्ठ र रुपेश पाण्डे, सोसयिल अवार्डबाट रमादेवी सुवाल, बिन्जु जोशी, सुनिता श्रेष्ठ, सुष्मा शर्मा सम्मानित भए । 

यसैगरी क्यानडाको आमा क्विजोन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र बंजारा शर्मा, वरिष्ठ लेखक तथा समीक्षक ममता मृदुल,अष्ट्रेलियाका कार्यकारी एक्जुकेटिभ सेफ भावी खनाल,विश्व प्रसिद्ध एक्जुकेटिभ पेस्ट्री शेफ सरोज थापालाई ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सम्मान गर्दा सो अर्वाड उनीहरुका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएन (गैरआवासीय नेपाली बरिष्ठ अभियन्ता तथा प्यासिफिक कुलिनरीका अध्यक्ष गणेश केसीको उपस्थिति रहेको थियो । उनीसँगै एनआरएन दुबईका अध्यक्ष विकास शाही पनि विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

उक्त अवसरमा न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले एनएल इन्टरनेशनल अवार्ड २०२४ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप