गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री : प्रारम्भिक जानकारीलाई अपराध मान्नुहुँदैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा फसेका मानिसहरूलाई गृहमन्त्रीले उद्धार गर्न नसकेको भनेर भएको आलोचनाको खण्डन गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले नख्खु खोलामा बाढी आउँदा जस्ताको टहरामा उद्धार पर्खेर बसेका मानिसलाई हेलिकोप्टरबाट उद्धार नगरेको भनेर भएको आलोचनामा प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका हुन् ।
‘मान्छे बगे, रेस्क्यु गर्न सकिएन भनेर त्यहाँका मानिसले जे रिपोर्ट दिए त्यही गृहमन्त्रीले बोल्नुभयो’, ओलीले भने, ‘अलिक तल एक जना भाइले बचाउनु भएछ । उहाँलाई धन्यवाद ।’ प्रधानमन्त्रीले गृहमन्त्रीले बचाउन सकिएन भनेर दिएको अभिव्यक्ति स्थानीयले दिएको सूचनाका आधारमा भएको बताए । ‘जानकारी दिँदै नदिनु पनि राम्रो हुँदैन, कहिले कहिले प्रारम्भिक जानकारी राम्रो नहुन पनि सक्छ । म आफै पनि बगेको थिएँ । यस विषयलाई अपराध र अयोग्यताका रूपमा लिन हुँदैन’, प्रधानमन्त्रीले सरकार राहत, उद्धार र पुनर्स्थापनामा केन्द्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी
-
बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता
-
प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम हुँदैन : सभामुख
-
मध्यमा परिक्रमाका श्रद्धालुका लागि हेल्पडेस्क
-
जिल्ला अदालत काठमाडौँले हटायो करारका ३३ जना कर्मचारी
-
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा