वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।
चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।
चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडाबाट सुनसहित एक जना पक्राउ
-
माओवादीले गर्यो ‘हेल्प डेक्स’ स्थापना : बाढी पहिरो पीडितहरूको उद्धार र राहतमा खटिन निर्देशन
-
अभिमुखीकरण तालिमका लागि लागु गरेकै दिन बिग्रियो आईरिस, विभागमा चलखेलको आरोप
-
सूर्यदर्शन सहकारीको रुपैयाँ अपचलन गरेको आरोपमा एक जना पक्राउ
-
यस्तो छ विपत्तिपछिको क्षतिको विवरण र सरकारको प्रयास (पूर्णपाठसहित)
-
एभरेष्ट महिला भलिबल लिग : कर्णाली यश्विजको लगातार दोस्रो जित, गण्डकी थन्डर्सलाई हरायो