राष्ट्रिय वाणिज्य बैंकद्वारा कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण
मङ्गलबार, १५ असोज २०८१, १७ : ०४

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मंगलबार सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
-
युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा
-
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप
-
जब करणले इमरानलाई टपलेस फोटोसुट गराए