मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा शंकर भण्डारीले भने– प्रधानमन्त्रीको बोली जथाभाबी भयो

मङ्गलबार, १५ असोज २०८१, १७ : ०३
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिका भ्रमणबाट फर्किएपछि ओलीले बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको उनको भनाइ थियो । 

कांग्रेस संसदीय दलको बैठकमा उनले भने, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन ।’

एक सांसदका अनुसार बैठकमा राजन केसीले बाढी पहिरोको उद्धारमा सरकार चुकेको धारणा राखे । ‘खै कहाँ भयो भौतिक उपस्थित ? नख्खुमा किन त्यस्तो भयो ? डोरी र डुंगा लिएर समयमा सरकार किन पुगेन ? सरकार विपद्मा चुक्यो । यो राम्रो भएन ।’ विपद्बारे पूर्वसूचना हुँदाहुँदै पनि सरकार चुक्नु राम्रो नभएको उनको धारणा थियो । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले जोखिमका बिच उद्धार गरेको भन्दै बचाउ गरे । ‘हामीले ३३ प्रतिशत उद्धार गरेको उच्च जोखिमबाट हो । उद्धार नगरेको भए झन् ठुलो क्षति हुन्थ्यो’, उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप