सरकारले चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेर बचाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरेको बताए । साथै उनले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए । ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’
उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।
उनले राजमार्गहरू निर्माणका क्रममा कतिपय ठाउँमा ढिलासुस्ती भएको हुनसक्ने भन्दै अहिले आएर ढिला भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले यस दुःखबाट उम्केपछि पनि बिर्सन नमिल्ने भन्दै विपदका बेला शेयर मार्केट डाउन हुनु स्वाभाविक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा ८० लाख रुपैयाँ लुटपाट गर्ने समूहका एकजना पक्राउ, के थियो घटना ?
-
सडक निर्माणमा सहयोग गर्न भट्टराईले गरे चीनलाई आग्रह
-
उडिरहेको विमानमा जब एक महिला यात्री नग्न भइन्...
-
स्रोत नखुलेको २८ लाख ९० हजार सहित कपिलवस्तुबाट चार जना पक्राउ
-
अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार
-
गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी