मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु

मङ्गलबार, १५ असोज २०८१, १६ : ५०
मङ्गलबार, १५ असोज २०८१

बैंकक । थाइल्यान्डमा एउटा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको भन्दै समाचारमा भनिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो । बस स्थलगत भ्रमण सकेर स्कुलतिर फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्यान्ड सडक सुरक्षाको हिसाबले सबैभन्दा खराब देशमध्ये एक हो । यहाँ त्रुटिपूर्ण सवारी साधन र गलत तरिकाले सवारी साधन चलाउँदा बर्सेनि २० हजार दुर्घटना हुने गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप