मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

मङ्गलबार, १५ असोज २०८१, १६ : ४२
मङ्गलबार, १५ असोज २०८१

सुर्खेत । काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको छ ।

 उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने बताइएको छ । यस्तै कर्णाली सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय पनि गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप