संसदीय दलको बैठक
हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने कांग्रेसको निर्णय
मङ्गलबार, १५ असोज २०८१, १६ : ३९
_uV3TUE0YRM.jpg)
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको कांग्रेस सांसद श्याम घिमिरेले जानकारी दिए । उनले भने,‘१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई राहत दिन अनुरोध गर्ने निर्णय भएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन पनि अनुरोध गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?
-
दिल्लीमा युवतीको गोली हानी हत्या
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा