१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्यो कोइला ऊर्जा

लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो ।
रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि सञ्चालनमा आउन छाडेको छ । यो ऊर्जा केन्द्र सन् १९६७ यता चल्दै आएको थियो । आफ्नो कारण हुन सक्ने जलवायु परिवर्तन घटाउने दिशामा यो बेलायतको ठुलै सफलता हो । बेलायत कोइलाबाट बिजुली निकाल्ने पहिलो देश थियो । तर सोमबारदेखि यो कोइला त्याग्ने पहिलो मुख्य अर्थतन्त्र बनेको छ ।
विश्वमा कोइलामा आधारित पहिलो ऊर्जा उत्पादन केन्द्र सन् १८८२ मा लन्डनमा खुलेको थियो । त्यतिबेलादेखि २०औं शताब्दीको पहिलो आधा अवधिमा बेलायतको बिजुलीको अधिकांश आवश्यकता कोइलाले नै पुरा गरिदिएको थियो । सन् १९९० को दशकको सुरुदेखि बिजुलीको लागि कोइलाको खपत घट्न थालेको भएपनि अर्को २ दशकसम्म कोइला बेलायती बिजुलीको महत्त्वपूर्ण हिस्सा रह्यो ।
सन् २०१२ मा बेलायतको ऊर्जामा ३९ प्रतिशत अनुपात कोइलाले नै ओगटेको थियो । तर पछिल्लो समय नवीकरणीय ऊर्जाको उत्पादन बढेसँगै कोइलामाथिको परनिर्भरता पुरै हट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड