जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै

काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकाको चिली भ्रमणमा जाने भएका छन् ।
चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव बुधबार मध्यराती कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको उनका निजी सचिवालयले जनाएको छ ।
सम्मेलन अक्टोबर ५ र ६ तारिखमा हुनेछ । थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।
अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने छ ।
यसअघि गत भदौ २२ गते एक एनजिआकोे कार्यक्रममा भाग लिन भारत गएका थिए । त्यस्तै, साउन १३ गते अध्यक्ष यादव फिलिपिन्सको मनिला गएका थिए । एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को गत जुलाई २९ तारिखमा भएको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका थिए ।
त्यसअघि गत वैशाख १५ गते पनि उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा अध्यक्ष यादव अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा भएकै बेला उनको पार्टी विभाजन हुँदा भ्रमण छोट्याएर उनी वैशाख २४ गते नेपाल फर्केका थिए ।
उनी गत वर्षको असोज ११ गते पनि एउटा समाजिक संस्थाको कार्यक्रममा भाग लिन अमेरिका गएका थिए । गत वर्षको भदौ ९ गते एउटा पारिवारिक कार्यक्रममा भन्दै भारत भ्रमणमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक