पदाधिकारीको एक तहलाई अन्याय परेको तर्क गर्न आवश्यक छैन : सरल सहयात्री

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले अखिल क्रान्तिकारीको नियमित सम्मेलन नहुँदा पदाधिकारीको एक तहलाई अन्याय परेको भनेर तर्क गर्नुपर्ने आवश्यक नभएको बताएका छन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्गठनात्मक इतिहासमा यस्तो हुने भन्दै उनले त्यसलाई व्यक्तिगत रूपमा लिन नहुने स्पष्ट पारेका हुन् । उमेर हदको विषय विद्यार्थी सङ्गठनमा भन्दा पहिला पार्टीमा लगाउनुपर्ने तर्क बलियो भएको पनि उनले लेखेका छन् ।
‘समय समयमा लगातार सम्मेलन नहुँदा पदाधिकारीको एकतहलाई अन्याय परेको विषयमा कुनै तर्क गर्नुपर्ने आवश्यकता छैन । सङ्गठनात्मक इतिहासमा यस्तो हुँदोरहेछ । यसलाई व्यक्तिगत रूपमा कसैले लिनुहुँदैन । उमेर हदको विषय पहिले पार्टीमा लगाऊ भन्ने तर्क पनि बलियो छ । यो असान्दर्भिक पनि छैन’, उनले लेखेका छन् ।
तर विद्यार्थी नदी भएकाले यथास्थानमा क्षणभर नरही आवाजका साथ सागर भेट्ने वर्ग भएको उनको भनाइ छ । यस्तै विद्यार्थीको आवाज पार्टीमा जरुरी भएकाले उमेर हदमा निर्वाचन गर्न दिन आग्रह गरेका छन् । कम उमेरका विद्यार्थीलाई नेतृत्व गर्ने वातावरण बनाउनका लागि मद्दत गर्न उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र फर्कन सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?