मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले गरे क्षतिग्रस्त एमाले पार्टी कार्यालयको अवलोकन

मङ्गलबार, १५ असोज २०८१, १५ : २४
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त भएको नेकपा ९एमाले० को च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको  स्थलगत अवलोकन गरेका छन् । 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा बसेको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । 

अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत: डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्त्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप