मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा

मङ्गलबार, १५ असोज २०८१, १५ : ११
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से  ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । 

आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो । 

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए । 

मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप