मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
संसदीय दलको बैठक

बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड

मङ्गलबार, १५ असोज २०८१, १५ : ०१
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । नेकपा एमाले संसदीय दलले बाढिपहिरो र डुबान प्रभावितहरूको सहयोगमा जुट्न राजनीतिक दल तथा नागरिक समाजसहित सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको छ । 

मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । 

‘बाढिपहिरो प्रभावितहरूलाई जतिसक्दो सहयोग गर्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ’, बैठकपछि बरालले भनिन्, ‘विपदमा परेका नागरिकहरूलाई सबैले सक्दो सहयोग गरेर मल्हम पट्टि लगाउनुपर्छ भनेर अपिल गर्ने निर्णय गरेका हौँ ।’

साथै बैठकले प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यसबाहेक संघीय सांसदले पाउने १५ दिन बराबरको रकम पीडितलाई सहयोग गर्ने निर्णय गरेको पनि बरालको भनाइ छ । बैठकमा दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थिति र आफूले राखेको धारणाबारे सामान्य जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप