लेबनानमा स्वास्थ्य आपत्काल, गम्भीर घाइतेको मात्रै उपचार
मङ्गलबार, १५ असोज २०८१, १४ : ५७

बेरुत । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह र अन्य कयौँ कमान्डरको हत्या पछि पनि इजरायलले दक्षिण लेबनानका क्षेत्रहरूमा आक्रमण जारी राखेको छ । यी आक्रमणमा अहिलेसम्म हजारभन्दा धेरै नागरिकको मृत्यु भइसकेको लेबनानी सरकारले बताइरहेको हफ ।
लाखौँ मानिस आफ्नो घर छाडेर भाग्न बाध्य भएको बताइएको छ । इजरायलले गरेको हवाई हमलामा हताहत हुनेको सङ्ख्या बढ्दा अस्पतालमा बिरामीको चाप बढेको छ ।
अस्पतालमा बिरामी राख्ने ठाउँ नभएर स्वास्थ्य आपत्कालको स्थिति उत्पन्न भएपछि अस्पतालले गम्भीर रूपमा घाइतेहरूलाई मात्रै भर्ना गरेर उपचार गराइरहेको छ । घाइतेहरूमध्ये जानै जाने खालको चोट लागेकाहरूलाई मात्रै प्राथमिकता दिएर उपचार दिइरहेको बताइएको छ । अस्पतालहरूले आँखाको शल्यक्रिया जस्ता उपचार बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत