मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विजय कुमार शाह परिवारद्वारा केआईओसीएचलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता

मङ्गलबार, १५ असोज २०८१, १४ : ५५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग  प्रतिबद्धता जनाएको छ । 

यो सहयोगले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने परिवारले विश्वास लिएको छ । यसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । 

शाह परिवारको सहयोगको सम्मान गर्दै पीएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआइसियू नामकरण गरिनेछ । 

२०८१ साल भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआईओसीएचलाई प्रदान गरिसकेको छ । 

गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । यद्यपि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो । 

कुल सहयोग प्रतिबद्धता मध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप