राजेन्द्र महतोले तोके जिल्ला संयोजक
मङ्गलबार, १५ असोज २०८१, १४ : ३७

काठमाडौँ । राजेन्द्र महतोले ७७ वटै जिल्लमा जिल्ला संयोजक चयन गरेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष महतोको अध्यक्षतामा मंगलबार केन्द्रीय नेताहरूको बैठकले जिल्ला संयोजक तोकेको पार्टी नेता केशव झाले बताए ।
हालै पार्टी घोषणा गरेका अध्यक्ष महतोले पार्टी दर्ताको प्रक्रिया पनि अगाडि बढाएका छन् । दल घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराई सकेको छ । सबै कानुनी प्रक्रिया पुरा गरेर चाँडै नै पार्टी दर्ता गराउने नेता झाले बताए ।
दर्ताको प्रक्रिया अगाडि बढेसँगै संगठन निर्माणका अन्य कार्यहरू पनि अगाडि बढ्ने उनले बताए ।
साथै बैठकले ७७ वटै जिल्ला संयोजकलगायत पार्टीका सबै नेता कार्यकर्ताहरूलाई बाढी पहिरोबाट पीडित भएका जनतालाई सहयोग गर्न आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ