समिति बैठक
सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन राज्यव्यवस्था समितिको निर्देशन
मङ्गलबार, १५ असोज २०८१, १४ : ०५

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।
‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले बताए ।
त्यस्तै बैठकले विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।
म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार
-
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू
-
तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी
-
मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात