मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
सुनसान छ बीपी राजमार्ग
ग्राउन्ड जिरो

सुनसान छ बीपी राजमार्ग

तस्बिरमा हेर्नुहोस् राजमार्गमा पुगेको क्षति
मङ्गलबार, १५ असोज २०८१

काभ्रे । अविरल वर्षाका कारणले गर्दा गएको बाढी र पहिरोले बीपी राजमार्ग यतिबेला सुनसान अनि ठप्प छ। नमो बुद्धबाट ओरालो लागेपछि सबै बाटोहरू अस्तव्यस्त देखिन्छन् । बीपी राजमार्गमा पहिरोले ठुलो क्षति भएको छ ।

नदी किनार आसपासमा बसेका बस्तीहरू बाढीले बगाएका छन् । काभ्रे भन्ज्याङदेखि भकुन्डेसम्म घुम्तीपिच्छे पहिरो खसेको छ भने ठाउँ-ठाउँमा रुखहरू लडेका छन् । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो र ढुंगा पन्छाएर भकुन्डेबेसीसम्म सडक खुलाइएको छ । 

तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिन सक्ने जोखिम छ । तर भकुन्डेबेसीबाट तल लागेपछि चौकी डाँडाबाट २०० मिटर जति बाटो पहिरोले लागेको छ। 

मानिसहरू जोखिम पूर्ण यात्रा गर्दै बाटो पर गरिरहेका छन्। रोशी खोला आसपासका धेरै घरहरू बाढीले बगाएको छ। बीपी राजमार्ग अवरुद्ध भएपछि आसपासका क्षेत्रमा खानेकुराको अभाव भएको र सरकार पक्षबाट पनि खासै राहत नमिलेको स्थानीय बताउँछन्।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया