थाइल्यान्ड : बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का
मङ्गलबार, १५ असोज २०८१, १३ : ४६

बैंकक । थाइल्यान्डमा प्राथमिक तहमा पढ्ने विद्यार्थीहरू बोकेको एउटा बस दुघर्टनामा पर्दा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । राजधानी बैंकक नजिकै दर्जनौँ विद्यार्थी सवार सो बस पल्टिएर आगलागी भएको थियो ।
दुघर्टनामा १६ जना बालबालिका र तीन जना शिक्षकले भागेर ज्यान जोगाए । तर अरू २२ जना विद्यार्थी र तीन जना शिक्षक भने अझै भेटिएका छैनन् ।
उत्तरी प्रान्त उथाई थानीमा विद्यालयको स्थलगत भ्रमणमा गएका विद्यार्थी र शिक्षकहरूलाई लिएर बस फर्किरहेको थियो । आगोले ेबस पूरै जलेर खरानी भएको फोटाहरू सार्वजनिक भएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न