बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना
काठमाडौँ । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।
चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको सङ्ख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ ।
सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
विभागले ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचालन गरिएको हो ।
कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।
यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूको समेत अनुगमन गर्ने गरी देशैभर सहायक सिडिओको नेतृत्वमा बजार अनुगमन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सोसँगै स्थानीय पालिकाहरूसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा स्वास्थ्य आपत्काल, गम्भीर घाइतेको मात्रै उपचार
-
कांग्रेस संसदीय दलको बैठक जारी
-
विजय कुमार शाह परिवारद्वारा केआईओसीएचलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता
-
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
-
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नीविरुद्ध मुद्दा दायर
-
राजेन्द्र महतोले तोके जिल्ला संयोजक