समिति बैठकमा अधिकारीले भने– राज्य नै छैन जस्तो भयो
मङ्गलबार, १५ असोज २०८१, १३ : १०

काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारको कमजोरीले राज्य नै नभएको जस्तो अनुभूति भएको बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।
काठमाडौँमा बाढीबाट बच्न ४ घण्टा टिनको छानामा बस्दापनि उद्धार हुन हुन नसकेको उल्लेख गर्दै उनले गृहमन्त्रीले उद्धार गर्न भिजिलिबिटी भएन भनेर जवाफ दिएको बताए ।
‘काठमाडौँमा भिजिलिबिटी थिएन भनेर पत्यादिनुपर्ने ?उनले अगाडि भने, ‘चाडपर्वका बेला लाखौँ मान्छे काठमाडौं बाहिर जान्छन् । प्लेनले ४ गुणासम्म भाडा बढाएको छ, सरकार कहाँ छ ?चाडपर्वका बेला मनलाग्दी बजार भाउ बढाएको छ । कसले हेर्ने, कसले नियन्त्रण गर्ने ? अहिले यस्तो भएको छ कि यहाँ राज्य नै छैन जस्तो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'
-
सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
-
९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह