हवाइ यातायात
एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान–अवतरण
मङ्गलबार, १५ असोज २०८१, १२ : ५३

काठमाडौँ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन् ।
विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ । अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने जनाइएको छ ।
वर्षाले गर्दा अधिकांश राजमार्ग अवरुद्ध भएकाले यात्रुले हवाई उडान रोजेका छन् । यसले गर्दा आन्तरिक उडानका लागि बिहीबारसम्मका टिकट लगभग बिक्री भएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले सबै गन्तव्यका उडान पूर्ण क्षमतामा भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे