मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
राहत

बाढी पहिरो पीडितलाई सहयोग गर्न दलहरूले घोषणा गरे रकम

एमाले र कांग्रेसले समान ५० लाख‚ माओवादीले सङ्घ र प्रदेशका सांसदको १० दिनको तलब दिने
मङ्गलबार, १५ असोज २०८१, १२ : ४८
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । प्राकृतिक विपतमा सहयोग गर्न भन्दै दलहरूले विपतमा राहत रकम घोषणा गरेका छन् । सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग घोषणा रकम घोषणा गरेका छन् । 

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले बैठकले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक  जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ । 

यता‚ सत्तासझेदार दल नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ । 

कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस्तै उसको भातृ संस्था नेपाल विद्यार्थी संघले पनि ७११ भन्दा बढी केन्द्रीय सदस्यबाट जनही पाँच सयको रुपैयाँले रकम सङ्कलन गर्ने निर्णय गर्दै सर्कुलर जारी गरेको छ । 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । माओवादीले भने सङ्घ र प्रदेश सांसदहरूको १० दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो । 

यता‚ रास्वपाले भने रकम जम्मा गर्ने कुनै तयारी नगरेको बताएको छ । 

बिहीबारदेखि परेको पानीका कारण गएको बाढी पहिरोमा परि हालसम्म २१७ जनाको निधन भइसकेको छ भने १४३ जनाभन्दा बढी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप