मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक: लिङ्देन

मङ्गलबार, १५ असोज २०८१, १२ : ४४
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । 

सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् । 

मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न नसकिएपनि क्षति न्यून गर्न भने सकिने अवस्था हुँदाहुँदै पनि सरकार चुकेको लिङ्देनको आरोप छ ,। 

‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो’, उनको भनाइ छ, ‘यो विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन्।’

अविरल वर्षासँगैको बाढी पहिरोबाट देशभर २१७ जनाको मृत्यु भएको छ भने अझै कैयन बेपत्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप