मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

‘सानो संसार’ कात्तिकमा फेरि प्रदर्शन हुने

मङ्गलबार, १५ असोज २०८१, १२ : ३७
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । फिल्म ‘सानो संसार’ आगामी कात्तिक ९ गतेदेखि पुनः प्रदर्शन हुने भएको छ । अविरल वर्षा, बाढी र पहिरोबाट काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएकोले फिल्म प्रदर्शनको दोस्रो दिनमै स्थगित गरिएको थियो । 

निर्माण अर्जुन कुमारले कात्तिक ९ गतेदेखि पुनः प्रदर्शन व्यवस्था मिलाइएको जानकारी दिए ।

‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म हो । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप