मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

राजा, मिश्र र प्रचण्ड !

मङ्गलबार, १५ असोज २०८१, १२ : ३५
मङ्गलबार, १५ असोज २०८१

त्यसो त सामन्तवाद सर्पजस्तै हुन्छ । शिर शरीरबाट अलग गरेको केही समयसम्म पनि सर्पले पुच्छर हल्लाउने क्षमता राख्छ । हाम्रोमा श्रीमान्का शिरबाट श्रीपेच खोसिएको धेरै भएको छैन । यसकारण कहिलेकाहीँ यिनका सपनामा श्रीपेच आउनु र ‘हुन्छ हुन्छ’ भन्दै जनता झुक्याउनु यिनको नियति हो ।

माओवादीविरुद्ध सबैभन्दा उत्तेजक शब्द खोजेर प्रसारण गर्न सकेकै कारण बीबीसी पुगेका पत्रकार मनुज चौधरी उर्फ रवीन्द्र मिश्रले गणतन्त्र मन्दिरको माथिल्लो तलामा पुगेर गणतन्त्रका नायकसँग चिया भेट गर्न पाउनु जीवनकै ठुलो उपलब्धि हो, तर मन्दिरको भुइँ छाडेर बाहिर निस्किएपछि जेजस्ता भ्रम सिर्जना गर्ने कोसिस भए, ती खेदका लागि योग्य छन् । 

माओवादी जान्दछ, कम्युनिस्टका विरुद्ध घेराबन्दी गर्नु सामन्तवाद, पुँजीवाद र साम्राज्यवादको कहिल्यै नटुंगिने सिलसिला हो । यो सामरिक, आर्थिक, सामाजिक र प्रचार वा सञ्चार सबै क्षेत्र र बिन्दुमा छ । आजको माओवादी राजावादी धङधङी, संशोधनवादको षड्यन्त्र र कठपुत्लावादको घेरा पन्छाएर खडा भएको शक्ति हो । दलहरूको रैथाने दलदलबाट निस्किएर समृद्धि र सुशासनका लागि निर्माण भएको अगुवा हो माओवादी, जो यस्ता प्रायोजित प्रचार आतंकबाट भयभीत हुँदैन ।

मनुजजीलाई थाहा होला, युद्ध नै सबैभन्दा बढी छलफल र बहसको मैदान हो । जहाँ जितेजितेजस्तो वा हारेहारेजस्तो हुँदैन; कि जितिन्छ कि हारिन्छ, कि मरिन्छ कि मारिन्छ । यस्तोमा बहसका लागि लाखौँ विषय हुन्छन् । विजयका लागि हजारौँ तरिका चाहिन्छन् । 
सामन्तवादले सिकेको फुटाउ र लुट हो । माओवादीले सिकेको अन्तर्विरोधको सही परिचालनमार्फत आफ्नो मोर्चाको सबलीकरण हो । मुख्य दुश्मनका विरुद्ध सहायक दुश्मनसँगको अस्थायी मिलाप यो युद्धमा हुने छोटो संयोग हो । त्यस्तोमा राज्यसँग लडिरहेको माओवादी राज्यका विविध शक्तिसँग अन्तर्विरोध बनाउन नलाग्ने कुरै थिएन । 

पत्रकार मुनजजीलाई थाहा भएन कि एकपटक माओवादीले खेताला होइन, तिनका मालिकसँग वार्ता होस् भन्ने चाहन्थ्यो । त्यही विज्ञप्तिले युद्धमा नयाँ मोड दिएको थियो र राजा आफैँ अभिनन्दनको अभियानमा निस्किएका थिए, तर माओवादी गणतन्त्रका लागि अडिग थियो ।

शब्द खेलाएका र केलाएका भनिएका मनुज चौधरीले गफमा प्रचण्डका जुँगा कसरी हल्लिए भन्ने सायद याद गरेनन् । कसैको चित्त दुखाउन मन नपराउने प्रचण्डबाट मनुजले आफूअनुकुल शब्द फुस्काउने मिहिनेत गरे । एक–दुईवटा उद्योग खोलेको बखान दिएर उद्योग बेचेको दुखेसो सुनाए ।

राजा वीरेन्द्रले माओवादीमाथि सेना परिचालन गर्न अस्वीकार गरे । उनी सेना आन्तरिक युद्धमा परिचालित हुन हुँदैन भन्ने विचार राख्थे । यसै कारण देशी–विदेशी शक्ति मिलेर उनको हत्या गरे । राजा वीरेन्द्रका बारेमा यदाकदा एउटा बहस हुन्थ्यो । के वीरेन्द्र कम्बोडियाका राजा नरोदम सिंहानुक बन्न सक्छन् ? के सामन्तवादको मियो आफैँ गणतन्त्र घोषणा गरेर जमिनमा उभिन सक्छ ? के राजा विद्रोही सेनाको सहयोगी बन्न सम्भव छ ? तर यी माओवादी आन्दोलनको मूल बहसका विषय थिएनन् । मूल विषय त समूल रूपमा सामन्तवाद अन्त्यका उपायको अवलम्बन थियो । 

लामो समयदेखि मुलुकको दोहन गरेको राजतन्त्र र त्यसबाट संरक्षित सामन्तवादको पूर्ण विस्थापन थियो । माओवादीभित्र अर्काे बहस पनि थियो, मनुज चौधरीलाई थाहा नभएको । के नेपाली सेना हार्दै गएपछि भारतीय सेना नेपाल प्रवेश गर्छ ? त्यसो भयो भने के हुन्छ ? उत्तर सरल थियो— नेपाली सेनासँग जनमुक्ति सेनाले सहकार्य गरेर पहिला देश जोगाउँछ । यी र यस्ता विषय युद्धमा आउँथे र जान्थे, तर माओवादी मुलुक र राष्ट्रियताप्रति उति नै संवेदनशील थियो, जति प्यालेस्टाइनका नेता यासेर अराफात थिए । एकपटक यासेर अराफातले भनेका थिए— म एक हातमा जैतुनको पात र अर्काे हातमा पेस्तोल बोकेर उभिएको छु । जैतुन शान्ति र मेलमिलापको प्रतीक हो भने पेस्तोल युद्धको । शान्तिका सर्तहरू हुन्छन् भने युद्धका उद्देश्यहरू हुन्छन् । 

माओवादी उद्देश्यप्रति सधैँ दृढ थियो र छ । अहिले यो विषयलाई उप्काउनु बेलायत बसेका पत्रकारको दास युगमा फर्कन पाऊँ भन्ने उजुरी हो । थाह होस्, लोकतन्त्र उजुरीले चल्दैन ।

शब्द खेलाएका र केलाएका भनिएका मनुज चौधरीले गफमा प्रचण्डका जुँगा कसरी हल्लिए भन्ने सायद याद गरेनन् । कसैको चित्त दुखाउन मन नपराउने प्रचण्डबाट मनुजले आफूअनुकुल शब्द फुस्काउने मिहिनेत गरे । एक–दुईवटा उद्योग खोलेको बखान दिएर उद्योग बेचेको दुखेसो सुनाए । उद्योग खोल्नु राम्रो कुरा हो, तर मुलुक लुट्नु अक्षम्य अपराध हो । त्यो अपराध राजतन्त्रले गरिरहेकै थियो । आज जनताको जे मन छ, त्यसलाई राजाप्रतिको सम्मान बुझ्नु केटौले कुरा हो । सवाल, भनिएको गतिमा मुलुक किन अगाडि बढेन भन्ने हो; सरकार फेरिइरहने सिलसिलाबाट कहिले छुटकारा पाइन्छ भन्ने हो; रोजगार र अमनचयन किन मिलेन भन्ने हो । जनता यसबाट मुक्त हुन चाहन्छन् र त्यसका लागि आफ्नो अग्रसरतालाई निश्चित गर्छन् । त्यो अग्रसरता भनेको अर्काे धक्का, महाविपत्ति, क्रमभङ्ग र छलाङ नै हो ।

माओवादी जे चाहन्छ, जमिन त्यस्तै–त्यस्तै बन्दै गएकोप्रति माओवादी शिखर जानिफकार छ । यो उकुसमुकुस सन्नाटा र स्थिरताले त्यो तुफानको संकेत गर्छ भन्ने कुरामा विवाद छैन, तर त्यो तुफानले राजा बोक्दैन । स्वर्गबाट डोली चढेर राजतन्त्र फर्किंदैन । बरु सामन्तवादका केही कुडा कर्कटहरू अझै थन्क्याउन बाँकी छ । मनुजजीलाई ज्ञान होस्, यो तुफानले इतिहासको त्यो अधुरो कर्म पूरा गर्नेछ । 

संविधान संशोधनमा उफ्रिएकाहरू राजासँग हात मिलाउने पुल भत्काएर आएका छन् । भाँचिएको पुलको ठेट्नो–मेट्नो खोज्न कसैलाई मन लागे त्यहाँ जनजनको रगतले बनेको धराप पनि छ, जो जुगजुग रहनेछ । देश कसले बोक्छ भनेर भट्टीमा टेबल ठोकेर हुँदैन । देश बनाउन त वीरता, अग्रसरता र योजना चाहिन्छ । देश जमिनमा छ, सम्भावनाका लाखौँ कोपिलालाई सिँगार्न सक्ने संविधानले भनेको जन हकलाई सुरक्षित र सुनिश्चित गरिनुमा छ । 

पत्रकार मुनजजीलाई थाहा भएन कि एकपटक माओवादीले खेताला होइन, तिनका मालिकसँग वार्ता होस् भन्ने चाहन्थ्यो । त्यही विज्ञप्तिले युद्धमा नयाँ मोड दिएको थियो र राजा आफैँ अभिनन्दनको अभियानमा निस्किएका थिए, तर माओवादी गणतन्त्रका लागि अडिग थियो ।

अहिले संविधान संशोधनको मौसमी ज्वरोले कांग्रेस–एमाले हनहनी भएका छन् । तर माओवादीविना संविधान संशोधन सपनामा खोले खाए बराबर हो । कम्तीमा आजको संसद्को गणित र कायम शक्ति सन्तुलनले त्यो मान्दैन । बालुवाटारको खेलले कसैलाई सातुको घैँटोमा उद्देश्यपूर्तिको अधुरो सपना देखेको छ भने त्यो टुट्छ र घैँटो फुट्छ । इतिहास यसरी नै बन्ने हो । रगतको आहाल टेकेर बनाइएको दस्ताबेज कानमा सन्देश प्रवाह गर्ने दुष्ट किराको उत्तेजक ठट्टाले हल्लिँदैन । 

समय अझै बाँकी छ भन्ने माओवादीलाई थाहा छ । धान नपाक्दै काट्नु उग्रता हो भने झर्न थालेपछि पनि नसमाल्नु संशोधनवाद वा वितृष्णावाद हो । माओवादी गौँडा कुर्ने कुरामा हतार गर्दैन र परिस्थितिलाई पहलकदमी फुस्किने गरी छिप्पिन पनि दिँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण र पहलकदमी गर्दै माओवादीले गणतन्त्रको इतिहास रचेको छ । ठान्छौँ कांग्रेस–एमाले डाँडामाथिका घाम बन्न ठिक्क परेका दुई नामका एकै स्वार्थहरू हुन् । विगत् लामो समयदेखि चलिरहेको यो गोलचक्कर अब सकिन्छ र सकिनुपर्छ । नयाँले पुरानोलाई विस्थापित गर्ने हो । यो विस्थापन माओवादीले गर्नेछ । क्रान्तिको विज्ञानले त्यही भन्छ, क्रान्तिपछिको नेतृत्व क्रान्ति गरेकै शक्तिले गर्छ । यसमा आदि–इत्यादि हुँदैन । त्यो गोलचक्करको विस्थापन फेरि राजा आएर हुँदैन । 

प्रविधि र सञ्चारको यो सघनता छाडेर मानिस ढुङ्गे युगमा फर्कन्छ भन्नु र राजा आउँछन् भन्नु एकै हो । लामो साम्राज्यवाद नियोजित पत्रकारिताले मनुजलाई यति अबुझ बनायो होला भन्ने लाग्दैन । समाजवाद मर्‍यो भनेर १९९१ मा अमेरिकाले घोषणा गरे पनि फेरि तिनीहरू भिन्न परिस्थितिमा अंकुरित हुँदै छन् । चाहेर वा नचाहेर संसार फेरि अर्काे धु्रवसहित जन्मने निश्चित छ । अब बन्ने धु्रव भनेको समाजवादी धु्रव हो । यसको नेतृत्व वामपन्थीहरूले गर्ने हो । माओवादी त्यो धु्रवमा लामबद्ध हुन तयार छ । इतिहासको विशिष्टतामा प्रचण्ड नै त्यस्ता विश्व नायक हुन्, जसले संसारलाई नयाँ समाजवादी विश्व दिन सक्छ । प्रचण्ड त्यसै प्रचण्ड भएका होइनन् । अराजकतावादी र पश्चगामीले प्रचण्डलाई अँध्यारोमा छामेको हात्तीभन्दा अरु बुझ्न सक्दैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेन्द्र घिमिरे
शैलेन्द्र घिमिरे
लेखकबाट थप