सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

आईपीएलको ‘मेगा अक्सन’ नोभेम्बर अन्तिम साता

मङ्गलबार, १५ असोज २०८१, १२ : २५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि सहभागी क्लबहरूले अक्टोबरभित्रै आफूले रिटेन गर्ने (आगामी सिजन पनि आफूसँगै राख्ने खेलाडी) खेलाडीको सूचि जारी गरिसक्नु पर्ने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजिव शुक्लाले आगामी अक्टोबर ३१ तारिखभित्र क्लबहरूले रिटेन सूचि सार्वजनिक गरिसक्नु पर्ने जनाएका छन् । त्यसैले सहभागी क्लबहरू आफूले रिटेन गर्ने खेलाडीको सूचि बनाउने अभियानमा जुटेका छन् ।

यसपटक आईपीएलमा सहभागी क्लबहरूले ६ जना खेलाडी रिटेन गर्न पाउने नियम लागू भएको छ । यसका अतिरिक्त बीसीसीआई उपाध्यक्ष राजीवले आगामी आईपीएलका लागि मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) नोभेम्बरको अन्तिम साता हुने बताएका छन् ।

उनले मेगा अक्सनका लागि स्थानको निर्धारण अझै नभएको जानकारी पनि दिए । ‘मेगा अक्सन भारतमै गर्ने वा भारत वाहिर गर्ने भनेर अझै निर्णय भइसकेको छैन,’ उनले भनेका छन् । उनले मेगा अक्सन दुबईमा हुनसक्ने संकेत भने दिएका छन् ।

यसैगरी, यसपटक आगामी आईपीएलका लागि खेलाडी खरिद–बिक्री प्रक्रियामा क्लबहरूले खर्च गर्न पाउने रकमको सिमा पनि बढाइएको छ । यसपटक प्रत्येक क्लबले एक अर्ब २० करोड भारतीय रुपैया खेलाडी खरिद–बिक्रीमा खर्च गर्न पाउने छन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप