हवाई उडान सर्वसुलभ बनाउन माग गर्दै नेविसंघको पाँच बुँदे ध्यानाकर्षण
मङ्गलबार, १५ असोज २०८१, १२ : २३

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारी अनुसार आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइएको हो । आफूहरूले बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएको अवस्था र चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिन माग गरिएको उनले बताए ।
यस्तै‚ चाडबाडका बेला सडकको पहुँच नभएका खासगरी हिमाली तथा दुर्गम जिल्लाका जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन पनि ध्यानाकर्षण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु