मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरोले क्षति पुर्‍याएको हेटौँडा-फाखेल-काठमाडौँ सडक (तस्बिरहरू)

मङ्गलबार, १५ असोज २०८१, १२ : ११
मङ्गलबार, १५ असोज २०८१

मकवानपुर । गत बिहीबारदेखि शनिबारसम्म अविरल परेको वर्षाका कारण हेटौँडा काठमाडौँ सडक सम्पर्क विच्छेद गरेको थियो । शुक्रबार सामान्य अवस्था रहेको हेटौँडा काठमाडौँ जोड्ने सबै सडक शनिबार बिहानबाट ठप्प छन् ।

विशेषगरी हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको सडकहरूमा बाढी पहिरोले बढी क्षति पुर्‍याएको छ । छोटो दुरीको मार्ग मध्ये नियमित रूपमा सञ्चालन हुँदै आएको हेटौँडा फाखेल काठमाडौँ र हेटौँडा सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक चल्न नसक्ने गरी बाढी पहिरोले क्षति पुर्‍याएको छ ।

ती दुवै सडकहरू कुलेखानी हुँदै हेवीबाट छुटिन्छिन् । जहाँ कुलेखानी जलाशयको पानी छोड्दा सिमखोलाको पुलको एक स्पानमा क्षति पुगेको छ भने पुलसम्म पुग्ने पहुँच मार्ग बगाएको छ ।

हेटौँडा फाखेल काठमाडौँ सडकको कुलेखानी देखि हुमानेसम्मको खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । बागमती प्रदेश सरकारको प्रादेशिक सडक गुरुयोजना अन्तर्गत प्रदेश मार्गमा समेटिएको उक्त सडकमा मकवानपुर तर्फ कुलेखानीसम्मको पहिरो हटाइएको छ, भने काठमाडौँ तर्फबाट हुमानेसम्म बाटो एक तर्फी खुल्ला गरिएको छ । प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर उक्त सडक मर्मत कार्य गरिरहेको छ भने केही दिनमा नै सो सडक सञ्चालनमा ल्याउने लक्ष्य सरकारको रहेको छ ।

हुमानेबाट मकवानपुरको महालक्ष्मी खेलासम्मको खण्डमा रहेका पहिरो पनि पन्छाउने काम भइरहेको छ । सो सडक खण्डको प्रमुख समस्याको रूपमा महालक्ष्मी खोलाको किनारको खण्ड हो । महालक्ष्मी खोलामा आएको बाढीले करिब २०० मिटर सडक खण्ड नै बढाएको छ । स्ल्याव ढलान गरिएको सो खण्डको सडक भएको स्थानमा खोला बगिरहेको छ । फोटो सौजन्यः आशबहादुर भ्लोन

hetauda kathmandu (2)hetauda kathmandu (3)hetauda kathmandu (4)hetauda kathmandu (5)hetauda kathmandu (6)hetauda kathmandu (7)hetauda kathmandu (8)hetauda kathmandu (9)hetauda kathmandu (10)hetauda kathmandu (11)hetauda kathmandu (12)hetauda kathmandu (13)hetauda kathmandu (14)hetauda kathmandu (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप