इजरायली आक्रमणमा परेर सिरियाको दमस्कसमा तीन जनाको मृत्यु
मङ्गलबार, १५ असोज २०८१, १२ : १०

दमस्कस । सिरियाको राजधानी दमस्कसमा इजरायलको आक्रमणमा परेर तीन जना सर्वसाधारण मारिएका छन् । सिरियन अरब न्यूज एजेन्सी (साना)ले बताएअनुसार मंगलबार मृत्यु हुनेहरूमा यसका एक टिभी प्रस्तोता पनि छन् । सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा अपार्टमेन्टहरूको बीचको एक सडकमा आगो ह्वाह्र्वाती बलेको अवस्थामा एउटा कार देखिएको थियो ।
छिमेकी देश लेबनानमा रहेका इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई निशाना बनाएर इजरायलले जमिनबाट सीमित, स्थानीय र लक्षित आक्रमण शुरु गरेकै समयमा दमस्कसमा आक्रमणको खबर आएको हो ।
सोमबार इजरायलले गरेको आक्रमणमा परेर लेबनानभरमा ९५ जनाको मृत्यु भएको थियो भने अरु १७२ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै