अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।
अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ । त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन् । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए ।
अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको बताएका छन् ।
उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । ‘अहिले छुटेका गाडी आइपुग्न नभ्याए पनि दसैँका लागि थपिएका गाडीहरू छँदैछन्, त्यसैले टिकट बन्द नै गर्नुपर्छ भन्ने अवस्था हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा
-
मधेस प्रदेशमा चाडपर्व सुरक्षा योजना लागु, तस्करी रोक्न ८६ वटा टोली परिचालन
-
तस्बिरमा हेर्नुहोस् कांग्रेस संसदीय दलको बैठक
-
बल्खुका बाढीपीडितहरूलाई भेट्न पुगे प्रचण्ड
-
खोज, उद्धार र राहत वितरणमा सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको अपिल
-
बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड