परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
मङ्गलबार, १५ असोज २०८१, १० : ५३
अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ ।
अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।
एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आउनुभएकी परराष्ट्रमन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिकेश पोखरेलको नियतमै शंका !
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
एमाले केन्द्रीय समिति बैठक आज, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
-
पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’
-
सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना, आजको मौसम कस्तो रहला ?