मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सको प्रमुख प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

मङ्गलबार, १५ असोज २०८१, १० : २४
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक कर्णाली याक्सले पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ललाई आफ्नो निर्देशक र प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

ज्ञानेन्द्र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । कर्णाली याक्सले ज्ञानेन्द्रको प्रशिक्षकत्वमा आफ्नो टोलीले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि लिएको छ ।

कर्णाली याक्सले आफ्नो लोगो र नाम सार्वजनिक गर्न आयोजित कार्यक्रममार्फत नै मुख्य प्रशिक्षक ज्ञानेन्द्रको नियुक्ती पनि सार्वजनिक गरेको हो । आगामी एनपीएलमा सहभागी टोलीमध्ये कर्णाली याक्स प्रमुख प्रशिक्षक नियुक्त गर्ने पहिलो टोली हो ।

कर्णाली याक्सको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्रगतिका बलर सोमपाल कामी रहेका छन् । कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएलमा आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप