बलिउड अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली
मङ्गलबार, १५ असोज २०८१, १० : २०

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाको आफ्नै पेस्तोलबाट गोली लागेको हो । घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।
गोविन्दाको मेनेजरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो । उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताइएको छ ।
खुट्टामा लागेको गोली चिकित्सकले निकालिसके पनि गोविन्दा हाल अस्पतालमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू