मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
पहिरो

नागढुंगा–झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

मङ्गलबार, १५ असोज २०८१, १० : १७
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् ।

मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘पहिरो पन्छाएर दुईतर्फी नै सड्क सञ्चालनका लागि दुई घण्टा सवारी साधन चलाउन रोक लगाइएको हो ।’

धुनिवेशी नगरपालिका स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको  जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।

३ वटा सवारी साधन पुरिएको ठाउँमा प्रहरीले प्राथमिकताका आधारमा एकतर्फी सवारी सञ्चालन गरिरहेको छ । एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गरिएको एसपी सुवेदीले बताए । उनले भने, ‘काठमाडौँ भित्रिने र बाहिरिने एम्बुलेन्स, यात्रुवाहक सवारी र खाद्यान्न बोकेका सवारी सधानलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ ।’

बामगत प्रदेश प्रहरी कार्यालयले सो क्षेत्रमा सवारी व्यवस्थापन गर्न एसपी सुवेदीको नेतृत्वमा टोली परिचालन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप