मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
सडक अवरुद्ध

मुख्य राजमार्गका २० स्थानमा सडक पूर्ण अवरोध (सूचीसहित)

मङ्गलबार, १५ असोज २०८१, १० : ०४
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । 

नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडाैँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । 

काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ । 

कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप