लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल
मङ्गलबार, १५ असोज २०८१, ०९ : ५८

तेल अभिभ । इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न लागेको पुष्टि गरेको छ । यो 'स्थानीय, सीमित र लक्षित' हुने इजरायलले बताएको हो।
केही हेलिकप्टरहरू हाल उत्तरी इजरायलमा गस्ती गरिरहेका छन्। यसबाहेक केही टाढाबाट गोली चलेको आवाज पनि सुनिएको छ।
गत राति धेरै ठुला विस्फोटको आवाज सुनिएको बीबीसी जानकारी दिएको छ । यो स्थल कारबाही कति ठुलो हुने वा कस्तो अभियान चल्छ भन्ने अझै स्पष्ट भएको छैन। केही दिनदेखि त्यहाँ सैनिक भेला हुन थालेका थिए भने सीमाबाट अलि पर दुई दर्जन ट्याङ्क देखिएका थिए ।
इजरायलले विगत केही हप्ताहरूमा हिजबुल्लाहलाई लक्षित ठुलो हवाई आक्रमण गरिरहेको छ । तर यस प्रकारको स्थल आक्रमण भने फरक प्रकारको युद्ध हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र