मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बीमा उपचार सेवाको कारण ऋणमा राप्ती स्वास्थ प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

मङ्गलबार, १५ असोज २०८१, ०९ : ०२
मङ्गलबार, १५ असोज २०८१

बुटवल । दाङको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बीमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ ।

स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजलाई प्रतिष्ठानमै बोलाएर आफू ऋणमा परेको भन्दै बिमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बिमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारबापत सरकारले प्रतिष्ठानलाई १२ करोड १५ लाख ८४ हजार ४ सय ६७ रुपैयाँ भुक्तानी नदिएको बताए ।

सरकारले भुक्तानी नदिँदा आफूहरूलाई औषधी सप्लायर्सहरुलाई पनि भुक्तानी दिन नसकेका कारण उपचार सामाग्री नै नपाउने अवस्थाले उपचार रोकिने अवस्था आएको प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बताए ।

प्रतिष्ठानले औषधी सप्लायर्सलाई मात्रै १३ करोड ४२ लाख ५ हजार ५ सय ७८ रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । प्रतिष्ठानले रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीलाई मात्रै ६ करोड रकम भुक्तानी दिन बाँकी छ । घर्तीले प्रतिष्ठानले भुक्तानी नदिए सर्जिकल तथा रसायन अस्पतालाई दिन नसक्ने बताए।

उनले  बैँक ऋण बोकेर उपचार सामग्री उपलब्ध गराएको तर प्रतिष्ठानले ६ करोड बक्यौता राख्दा अब औषधीजन्य वस्तु अस्पताललाई दिन नसक्ने बताए।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुरका मेयर टिकाराम खड्का, घोराहीका उपमेयर हुमा डिसी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल,  लगायतले उपचार रोकिन नहुने भन्दै रकम भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उपचार सेवा तल्लो तहका बिरामीलाई समस्या हुने भएको सबै जिम्मेवार बन्नु पर्ने बताएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप