मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
-
श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?
-
सालीसँग बिहे गर्न पत्नीको हत्या, यसरी बनेको थियो योजना
-
ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिप्रति पुटिनको पहिलो प्रतिक्रिया
-
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
-
सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)