टी–२० शृङ्खला : आज नेपाल र क्यानडा भिड्दै
मङ्गलबार, १५ असोज २०८१, ०७ : ३६
![टी–२० शृङ्खला : आज नेपाल र क्यानडा भिड्दै](https://npcdn.ratopati.com/media/news/sandeep_4tbA08t369.jpg)
काठमाडौँ । ओमान सम्मिलित टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किङ्ग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ ।
उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ ।
त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अङ्कमा अङ्क तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग