चाडबाडले अर्थतन्त्र चलायमान बनाउँछ, योगदान गर्दैन
काठमाडौँ । दसैँ सुरु हुन अब हप्ता दिन मात्रै बाँकी छ । उपभोक्ताहरू यसको लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । व्यवसायीहरू पनि बजारको माग केही बढेका कारण आयात गर्नेदेखि खुद्रा बजारसम्म सामान पुर्याउन व्यस्त छन् । दसैँमा खाद्यान्न, लत्ताकपडा, माछा मासु लगायतको व्यापार सबैभन्दा धेरै हुने गरेको छ । दसैँले गर्दा भन्सार नाकाहरूमा पनि चाप बढेको छ । केही सामान बाटोमा छन्, केही आइसकेका छन् । व्यवसायीहरू दसैँ लक्षित सामानहरू विदेशबाट आयात गर्ने क्रम लगभग अब बन्द भएको बताउँछन् ।
नेपाल समुन्द्रपार निकासी पैठारी संघका सदस्य हिमबहादुर रावल दसैँका लागि अब विदेशबाट सामग्रीहरू आयात हुन लगभग रोकिएको बताउँछन् । ‘अधिकांश सामान आइपुगेको छ, केही भन्सारमा रोकिएको र बाटोका कारण आउने क्रममा छ,’ उनी भन्छन्, ‘उपभोक्तालाई चाहिने सबै सामान बजारमा पुगेको छ ।’ तर विगतमा जस्तो यो वर्ष बजारमा उत्साह नदेखिएको उनको भनाइ छ ।
नेपाल तयारी पोसाक संघका उपाध्यक्ष भूपेन्द्रकुमार बस्नेत पनि दसैँको हप्ता दिनअघिसम्म बजारमा चहलपहल खासै नभएको बताउँछन् । जबकि दसैँमा लत्ताकपडा सबैभन्दा बढी माग हुने वस्तुमा पर्छ । बर्खा नसकिएको र प्राकृतिक प्रकोपले पनि दसैँ बजारलाई प्रभावित पारेको हुन सक्ने उनको बुझाइ छ । ‘बजार जाने, किनमेल गर्ने, रमाउने आदिको लागि मानसिक रूपमा समाज तयार भएको छैन कि जस्तो देखियो,’ उनी भन्छन्, ‘विगतमा दसैँको हप्तादिन अघि खुद्रा बजारमा थेगिनसक्नुको भीड हुन्थ्यो । यो वर्ष आजसम्म ३० प्रतिशत पनि व्यापार भएको छैन । यद्यपि केही चलमलाएको चाहिँ छ ।’
‘आयातले योगदान दिँदैन’
दसैँको एक हप्तामा मात्रै काठमाडौँ उपत्यकामा करिब ५५ हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खपत हुन्छन् । सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । तर छोटो समयमा धेरै चाहिने हुँदा बजारमा अपुग हुन्छ । यही कारण दसैँमा करिब ३० प्रतिशत खसीबोका भारतबाट आउँछन् ।
दसैँ, तिहार नजिक भएका कारण भदौ र असोजमा आयात तीव्र हुन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको सामग्री आयात भएको छ । असोजको तथ्याङ्क भने आगामी महिनामा मात्रै प्राप्त हुन्छ । साउन र भदौको अवधिमा नेपालबाट जम्मा २५ अर्ब ९ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । अर्थात् नेपाली बजारबाट करिब १० रुपैयाँको सामान विदेश जाँदा उताबाट ९० रुपैयाँको सामान आउँछ ।
दसैँको एक हप्तामा मात्रै काठमाडौँ उपत्यकामा करिब ५५ हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खपत हुन्छन् । सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । तर छोटो समयमा धेरै चाहिने हुँदा बजारमा अपुग हुन्छ । यही कारण दसैँमा करिब ३० प्रतिशत खसीबोका भारतबाट आउँछन् ।
पछिल्ला केही वर्षदेखि दसैँको समयमा गाडी, मोटरसाइकल, टीभी, फ्रिज, मोबाइल लगायत सामग्रीको समेत व्यापार बढेको पाइन्छ । व्यवसायीहरू पछिल्ला ८/१० वर्षमा दसैँको किनमेल र बजार धेरै फेरिएको बताउँछन् । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुब थापा केही वर्षसम्म अघिसम्म दसैँको बेला सार्वजनिक यातायात जस्तो बस, ट्रक लगायतका गाडीको व्यापार धेरै हुने गरेको बताउँछन् । ‘पहिले ट्रक, बस लगायतको माग अत्यधिक हुन्थ्यो । अहिले निजी गाडी र मोटरसाइकलको माग पनि उत्तिकै हुन्छ ।’ दसैँ अघि भएको नाडा अटो शोले पनि यसको पुष्टि गरेको छ । भदौमा लागेको मेलामा २० अर्ब रुपैयाँका साना निजी प्रयोजनका गाडी बुक भएका थिए । यसमध्ये करिब ५०–६० प्रतिशत गाडी बिक्री हुने गरेका छन् । यी सबै सामग्री आयातित हुन् ।
राष्ट्रिय योजना आयोगको ‘कृषिजन्य वस्तुको आयात निर्यातको अवस्था’ विषयक अध्ययनले नेपालीको आयआर्जन बढेसँगै विलासी उपभोग्य वस्तुको आयात बढेको निष्कर्ष निकालेको छ । औद्योगिक उत्पादन त टाढाको कुरा आफ्ना लागि आवश्यक खाद्यान्नसमेत नेपाली समाजले उत्पादन गरिरहेको छैन । यसको कारण सरकारी नीति उत्पादनभन्दा व्यापारमुखी भएकोलाई कारण ठान्छन् जानकारहरू ।
आयातित सामग्रीले बजार चलायमान बनाउनुले अर्थतन्त्रमा योगदान नगर्ने जानकारहरू बताउँछन् । पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय सामग्री मात्रै होइन, महँगा मोबाइल फोन, सुनजस्ता विलासिताका सामग्री आयात हुने १० प्रमुख वस्तुको सूचीमा पर्छन् ।
उपभोगमा आधारित अर्थतन्त्रले रोजगारी सिर्जना र उत्पादकत्वमा गम्भीर असर परेको छ नै जीवनयापनलाई अत्यधिक महँगो पनि बनाएको छ । सरकार उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्नुभन्दा युवालाई विदेशमा श्रम गर्न पठाउन सक्रिय छ । जनता पनि रेमिट्यान्सको पैसा उपभोगमा खर्च गर्न सजिलो मान्छन् । परिवारका एकजनाले रेमिट्यान्स पठाउने र बाँकी सदस्यले किनेर खाने प्रवृत्तिले झन् अर्थतन्त्र नकारात्मक बनेको जानकारहरूको भनाइ छ ।
नेपालमा उत्पादन नहुने सामग्री आयात हुनु सामान्य हो । तर नेपालमै मनग्ये उत्पादन हुने धान, चामल, मकै, आलु, फलफूललगायत कृषिजन्य वस्तुका लागि मात्रै मुलुकले वार्षिक ३ खर्ब हाराहारी रकम बाहिर पठाइरहेको छ । राष्ट्रिय योजना आयोगको ‘कृषिजन्य वस्तुको आयात निर्यातको अवस्था’ विषयक अध्ययनले नेपालीको आयआर्जन बढेसँगै विलासी उपभोग्य वस्तुको आयात बढेको निष्कर्ष निकालेको छ ।
औद्योगिक उत्पादन त टाढाको कुरा आफ्ना लागि आवश्यक खाद्यान्नसमेत नेपाली समाजले उत्पादन गरिरहेको छैन । यसको कारण सरकारी नीति उत्पादनभन्दा व्यापारमुखी भएकोलाई कारण ठान्छन् जानकारहरू ।
एकजनाले रेमिट्यान्स पठाउने वा कमाउने र घरका बाँकी सदस्यले किनेर खाने प्रवृत्ति त्यागेर काम गर्ने उमेर समूहका सबैले आर्थिक उपार्जनको बाटो समात्नुपर्ने सहप्रध्यापक डा. घनश्याम खड्काको सुझाव छ ।
अर्थशास्त्रका सहप्रध्यापक डा. घनश्याम खनाल उत्पादन नगर्ने तर उपभोग मात्रै गर्ने हुँदा दसैँ, तिहारजस्ता चाडबाडले अर्थतन्त्रलाई खासै योगदान नगर्ने धारणा राख्छन् । ‘शतप्रतिशतजसो आयातमा निर्भर मुलुकमा चाडबाडले केही समय अर्थतन्त्रलाई चलायमान बनाए पनि योगदान गर्दैन । यसले अर्थतन्त्रलाई क्षणिक रूपमा चलमलाउन सघाउँछ । व्यवसायीहरूले केही कमाइ गर्लान् तर ९० प्रतिशत पैसा बाहिर जाने भएकाले मुलुकमा कुनै योगदान यसको हुँदैन ।’
सहप्रध्यापक डा. घनश्याम खड्का उत्पादन नगरेर उपभोग मात्रै गर्ने हाम्रो प्रवृत्तिले समस्या ल्याएको बताउँछन् । ‘उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने प्रयास राजनीतिक नेतृत्व र कुनै पनि तहको सरकारले गर्दै गरेनन्,’ उनी भन्छन्, ‘जनता पनि सजिलो उपायको खोजीमा लागेर रेमिट्यान्सको पैसा उपभोगमा खर्च गर्नतिर लागे । समस्या यही हो ।’ एकजनाले रेमिट्यान्स पठाउने वा कमाउने र घरका बाँकी सदस्यले किनेर खाने प्रवृत्ति त्यागेर काम गर्ने उमेर समूहका सबैले आर्थिक उपार्जनको बाटो समात्नुपर्ने खड्काको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव