मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

स्पेनिश लालिगा : लस पाल्मसविरुद्ध भिल्लारियलको शानदार जित

मङ्गलबार, १५ असोज २०८१, ०४ : ३०
मङ्गलबार, १५ असोज २०८१


काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा लस पाल्मसविरुद्ध भिल्लारियलले शानदार जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा  भिल्लारियलले पाहुना टोली लस पाल्मसलाई ३-१ गोलले पराजित गर्‍यो ।

जितका लागि निकोलस पेपेले खेलको ४५ औँ मिनेटमा भिल्लारियलका लागि पहिलो गोल गरेका थिए ।

४७ औँ मिनेटमा पाल्मसका लागि फेभियो सिल्भाले जवाफी गोल फर्काएका थिए। 

खेलको ८४ औँ मिनेटमा थिएमो बेरीले भिल्लारियलका लागि दोस्रो गोल गरेका थिए ।

अतिरक्त समयमा बायनाले तेस्रो गोल गरे ।

भिल्लारियलले पाँच खेलमा तीन जितसहित अंक तालिकामा तेस्रो स्थान सुरक्षित गरेको छ भने पाल्मसले कुनै जित पाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप