मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथ ३-१ ले विजयी

मङ्गलबार, १५ असोज २०८१, ०३ : ४५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साउथमटनविरुद्ध बर्नमाउथले ३-१ को जित हासिल गरेको छ ।

सोमबार घरेलु मैदान भाइटलिटी स्टेडियममा भएको छैटौँ चरणको खेलमा बर्थमाउथले साउथमटनविरुद्ध जित निकालेको हो ।

खेलको १७ औँ मिनेटमै इभानिल्सनले बर्थमाउथका लागि गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफको ३२ र ३९ औँ मिनेटमै बर्नमाउथले ३-० अन्तर बनाएको थियो ।

उसका लागि ड्याङ्गो क्वातारा र एन्टोनियो सिमेन्योले १-१ गोल गरेका थिए । साउथमटनका लागि ५१ औँ मिनेटमा हार्वड बेलिसले सान्त्वाना गोल फर्काएका थिए । 

जितसँगै बर्नमाउथले अंकतालिकामा ३ अंक थपेको छ । ५ खेलमा सोमबार दोस्रो खेल जितेको बर्नमाउथ ८ अंकसहित ११ औँ स्थानमा रहेको छ। 

साउथमटनले भने अहिलेसम्म कुनै खेल जितेको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप