मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध खुला गर्न अदालतको आदेश

मङ्गलबार, १५ असोज २०८१, ०३ : १५
मङ्गलबार, १५ असोज २०८१

जर्जिया । जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध अदालतले खुला गरिदिएको छ ।

सोमबार फुल्टनका न्यायाधीश रोबर्ट म्याकबर्नीले गर्भपतनमा लगाइएको प्रतिबन्धात्मक कानून खारेज गर्न गर्दै ६ हप्तासम्मको गर्भपतन गर्न पाउने महिलाको अधिकार सुनिश्चित गर्न आदेश दिए । उनले २२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्थाका लागि समेत आदेश गरेका छन् ।

उनले महिलाको शरीरमा उसकै हक हुने भन्दै त्यसबारे महिलालाई रोजाइ हुने व्यवस्था गर्न आदेश गरे ।

त्यसमा राज्यले हस्तक्षेप गर्न नमिल्ने उनको फैसलामा उल्लेख छ । त्यहाँको सरकारले सन् २०१९ मा कानून बनाएर गर्भपतनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तर त्यसबारे अदालतमा मुद्दा परेपछि सन् २०२२ सम्म पनि त्यो व्यवस्था लागु भएको थिएन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप