मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

गाजा युद्धमा दुई–तिहाइ भवन क्षतिग्रस्त : राष्ट्रसंघ

मङ्गलबार, १५ असोज २०८१, ०० : ४८
मङ्गलबार, १५ असोज २०८१

जेनेभा । सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसंघले सोमबार बताएको छ ।

राष्ट्रसंघीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आफ्नो क्षति मूल्यांकनलाई अद्यावधिक गर्दै सेप्टेम्बर ३ र ६ मा संकलन गरिएका रिजोल्युसनका तस्बिरहरूले स्पष्ट रूपमा बिग्रँदो अवस्था देखाएको बताएको छ । 

'यो विश्लेषणले गाजा पट्टीमा कूल संरचनाको दुई–तिहाइ भवन क्षतिग्रस्त भएको देखाउँछ', युनोस्याटले भनेको छ, 'गाजा पट्टीमा क्षतिग्रस्त भवनहरूको उक्त ६६ प्रतिशतले कूल एक लाख ६३ हजार सात सय ७८ संरचनालाई समेटेको छ ।'

जुलाईको प्रारम्भका तस्बिरहरूको आधारमा अन्तिम मूल्यांकनले प्यालेस्टिनी क्षेत्रका ६३ प्रतिशत संरचना क्षतिग्रस्त भएको निर्धारण गरेको थियो ।

सोमबारको अद्यावधिकले क्षतिमा अहिले ‘५२ हजार पाँच सय ६४ संरचना नष्ट भएको, १८ हजार नौ सय १३ गम्भीर रूपमा क्षतिग्रस्त भएको, ३५ हजार पाँच सय ९१ सम्भवतः क्षतिग्रस्त संरचना रहेको र ५६ हजार सात सय १० मध्यम रूपमा प्रभावित’ भएको बताएको छ ।

गाजा सहर विशेष रूपमा प्रभावित भएको युनोस्याटले बताएको छ । गाजा सहरमा ३६ हजार छ सय ११ संरचना नष्ट भएका छन् ।

युनोस्याट र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले गाजा पट्टीका करिब ६८ प्रतिशत स्थायी बाली क्षेत्रमा सेप्टेम्बरमा ‘स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट’ देखिएको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप