मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

मङ्गलबार, १५ असोज २०८१, ०० : ३७
मङ्गलबार, १५ असोज २०८१

कोलम्बो । सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले जनाएको छ ।

श्रीलंका भन्सारको तथ्यांक उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्यांकमा जनाइएको छ । दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो ।

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो । यो सन् २०२३ को समान अवधिको तुलनामा ६.४९ प्रतिशतले बढी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप